काठमाडौँ, १७ मंसिर । नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष नेता फेरि सहमतिका लागि भन्दै बैठक र छलफलमा जुटेका छन् ।
केही दिनदेखि सुस्ताएका ती दलका शीर्षनेताहरु बुधबार बिहानै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा भइरहेको बाधा अड्चन हटाउन भन्दै सिंहदरबारमा भेला भएका छन् ।
बैठकमा संविधानका विवादित विषाय र सहमतिको राष्ट्रिय सरकारको विषयमा समेत छलफल हुने सहभागी नेताहरुले बताएका छन् ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसहितको उक्त बैठकमा काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरु सहभागी छन् ।
सिंह दरबारको बैठक बस्नुअघि प्रधानमन्त्री निवास नेम्वाङले बालुवाटारमा पुगी प्रधानमन्त्री सुशील कोइरालालसँग भेटवार्ता गर्नु भएको थियो ।
सिंहदरबारको बैठकपछि नेताहरु बुधबार दिउँसो नै संवाद समितिको बैठकमा सहभागी हुने छन् ।















प्रतिक्रिया