काठमाडौं, २८ पुस । प्रदेश प्रमुख नियुक्तिसहितका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै छ ।
अहिले केही समयपछि बस्ने बैठकमा प्रदेश प्रमुखको नियुक्तिका विषयमा छलफल हुने एक मन्त्रीले बताए । प्रदेशको अस्थायी राजधानी वा केन्द्रका विषयमा के हुने भन्नेबारेमा केही बताइएको छैन ।
सहमतिका आधारमा अस्थायी राजधानी तोक्नेबारेमा सरकारले अडान राख्दै आएको छ ।
संविधानमा प्रदेशसभाको निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था छ । प्रदेश प्रमुख नतोकिँदा निर्वाचन आयोगले अझैसम्म परिणाम बुझाउन पाएको छैन ।












प्रतिक्रिया