– मिना बुढाथोकी
सल्यान, २७ पुस । शारदा नगरपालिका-१२ सानो डांग्री निवासी ३४ वर्षीया विष्णु वलीले चिरपट दाउराले हिर्काउदा ३७ वर्षीय श्रीमान दिपेन्द्र वलीको मृत्यु भएको छ ।
बुधबार बेलुका घरायसी झै-झगडा हुदा विष्णुले हानेको चिरपटले श्रीमान दिपेन्द्रकोे टाउकोमा गम्भीर चोट लागेको थियो । टाउकोमा चोट लागेर गम्भीर घाईते भएका वलीलाई उपचारका लागी बुधबार नै कोहलपुर पु¥याएपनि त्यहाँ उपचार सम्भव नभएपछि काठमाण्डौ लैजादै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।
हत्या गर्ने श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । उनी अहिले अचेत अवस्थामा रहेकाले जिल्ला अस्पतालमा भर्ना गरेको र घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया