२२ कार्तिक २०८३, आइतबार

माओवादी केन्द्रले आजै सरकार छाड्ने

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ पुस । नेकपा (माओवादी केन्द्र)ले बिहीबार सरकार छाड्ने भएको छ । सरकारमै रहँदा प्रतिपक्ष नेकपा (एमाले)सँग गठबन्धन बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विना विभागीय बनाएका माओवादीका मन्त्रीहरुले बिहीबार सरकारबाट राजीनामा दिएका भएका हुन् ।

निर्वाचन अगाडी सरकार छोड्दा निर्वाचनमा बाधा हुन सक्ने र निर्वाचन नै नहुने डर भएको भन्दै उनीहरुले निर्वाचनको सुनिश्चित गर्न सरकारमा नै बसेको बताएका थिए । प्रधानमन्त्री देउवाले विनाविभागीय बनाएको ४ महिना पछि बिहीबार माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिने भएका हुन् । निर्वाचन पछिको हालमा समयमा प्रदेश सभा बैठकमा सहभागी हुनुपर्ने बाध्यात्मक अवस्था आएपछि माओवादीले सरकार छाड्ने निर्णय गरेको हो ।