६ कार्तिक २०८३, शुक्रबार

बाजुराका गाउँ युवाविहीन, युवाहरू धमाधम विदेश जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidesik-rojgar
दार्चुला, १७ मंसिर । दार्चुलाका युवा धमाधम विदेसिँदै गएपछि गाउँघर युवाविहीन बनेका छन् । जिल्लामै रोजगारीको अवसर सिर्जना नहुँदा युवा दिनप्रतिदिन विदेसिन बाध्य भएका हुन् ।

अहिले जिल्लाबाट छिमेकी मुलुक भारतमा मात्र दैनिक सयभन्दा बढीको सङ्ख्यामा युवा कामको खोजीमा गइरहेका छन् । युवा जनशक्ति दिनप्रतिदिन विदेश पलायन हुँदै गएपछि गाउँघर युवाविहीन बन्दै गएका हुन् ।

युवा रोजगारीका लागि भारत तथा तेस्रो मुलुक जान थालेपछि अहिले गाउँघरमा महिला, केटाकेटी तथा वृद्धवृद्धा मात्र भेटिने गरेका छन् ।