काठमाडौं । अर्थमन्त्रालयका बजेट विभाग प्रमुख डा.बैकुण्ठ अर्यालले सरकारले जेठ मसान्त भित्रमा नयाँ बजेट ल्याउने तयारी अघि बढाएको बताएका छन् ।
काठमाडौंमा आज (बुधबार) आयोजित कार्यक्रममा अर्यालले बजेट चाडो नआउँदा सरकारले गर्ने कामहरु ढिलाई भएको बताए । ‘जेठ मसान्त भित्रमा नयाँ बजेट प्रस्तुत गर्छ,’ उनले भने ।
बजेट ढिला आउँदा कार्यन्वयन गर्न पनि निकै समय लाग्ने भएकाले यस पटक नयाँ बजेट आएको ४ महिना भित्र विकासका काममा हात हालिसक्ने बताए ।
उनले अब आउने बजेटले देशको आर्थिक वृद्धिदरलाई उच्च बनाउन मख्य भूमिका खेल्ने बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उर्जा संकटबाट देशलाई मुक्त बनाउन बजेटले ध्यान दिनु पर्ने बताए । उनले औद्योगिक वातावरण सृजनामा जानुपर्ने उल्लेख गरे ।













प्रतिक्रिया