– झलक पाली
डोटी, २६ पुस । डोटीमा तरुल खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर एक बालकको ज्यान गएको छ ।
जोरायल गाउँपालीका ३ सरस्वतीनगरको नौकुणाका ओमबहादुर मगरका १० वर्षीया बालक तुलबहादुर मगरको मंगलबार दिउँसो करिब साढे दुई बजेतिर ज्यान गएको हो ।
घर नजिकै तरुल खनिरहेका बेला माथिबाट माटोको ढिस्को खसेर च्यापिएका मगरको तत्काल उद्दार हुन नस्कदा ज्यान गएको स्थानीय बासिन्दा मानबहादुर खड्काले जानकारी दिए ।
मृतक नौकुणा गाउँकै असीम आधारभुत विद्यालयमा कक्षा ३ मा पढ्दै थिए ।
मृतकको बुधबार बिहानै जिल्ला अस्पताल डोटीमा पोष्टमार्टम गरी अहिले दिपायलको सेती नदिमा दाहसँस्कार भइरहेको छ ।












प्रतिक्रिया