काठमाडौं, २६ पुस । राष्ट्रियसभा गठन लगायतका विषयमा सहमति कायम गर्न मंगलबार गठन गरिएको कार्यदलसँग एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा छलफल गरेका छन् ।
भक्तपुरको बालकोटस्थित ओली निवासमा सुरु भएको संयुक्त छलफलमा ओली र दाहालले कार्यदललाई क्षेत्राधिकार र काम गर्ने शैलीका विषयमा निर्देशन दिने बताइएको छ ।
एमालेका अध्यक्ष ओली उपचारका लागि आज बैंकक प्रस्थान गर्नु अगाडि दुई शीर्ष नेताले संयुक्त रुपमा कार्यदलसँग परामर्श गरेका हुन् ।












प्रतिक्रिया