काठमाडौँ, १६ मंसिर । मंगलबार सीआईबीले सुन तस्करीमा संलग्न एक जनालाई दुई किलो सुन र हजार युरोसहित पक्राउ गरेको छ ।
सुन तस्करीमा संलग्न सोलुखुम्बु लोखिम–९ का दालाक्पा शेर्पालाई बौद्धस्थित किराना पसलमा लुकाई राखेको सुन र युरोसहित समातेको हो । उनी काठमाडौं–३ महांकालमा बस्दै आएका थिए ।
अवैध रुपमा सुनको तस्करी गरिरहेको गोप्य सूचनाका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।















प्रतिक्रिया