२२ कार्तिक २०८३, आइतबार

सर्वोच्चमा डाक्टर केसीको बयान सुरु

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ पुस । सर्वाेच्च अदालतको अबहेलनासम्बन्धि मुद्धामा पक्राउ परेका प्राध्यापक डाक्टर गोविन्द केसीको सर्वोच्च अदालतमा बयान सुरु भएको छ । न्यायाधीशद्वय ओम प्रकाश मिश्र र केदार प्रसाद चालिसको संयुक्त इजलाशनमा उनको बयान सुरू भएको हो ।

सर्वोच्च अदालतले गलत फैसला गरेको भन्दै डाक्टर केसीले १४ औँ अनशन थालेकै दिन उनलाई सोमबार पक्राउ गरिएको थियो । चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमको डिनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएपछि डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनले गरेका फैसलाको छानविनको माग गर्दै सोमबार अनशन सुरु गरेका थिए ।

बयानपछि पहिले डा. केसीविरुद्ध अदालतको अपहेलना मुद्दा दायर गर्नेको पक्षबाट बहस गर्ने छन् भने पछि डा. केसी पक्षका अधिवक्ताहरुले बहस गर्ने छन् । बहस सकिएपछि थुनछेक आदेश हुने छ ।