२२ कार्तिक २०८३, आइतबार

सवारी दुर्घटनामा २ को मृत्यु, ५ को अवस्था गम्भीर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– तीर्थराज डुम्रे

कावासोती, २५ पुस । नवलपरासी बर्दघाट सुस्ता पश्चिम रामग्राम ११ रानीपकडमा आज बिहान सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नलपरासी पश्चिमका अनुसार परासी भुमही हुलाकी खडक खण्डमा परासीबाट भूमही तर्फ आउँदै गरेको लु १ ख ९२३६ नम्बर बस र विपरित दिशा तर्फ जादैं गरेको ना ५ ख ९२४५ को ट्रक एक आपसमा ठक्कर खादा बसमा सवार दुई जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाईते भएका बसका सह–चालक रामग्राम ५ बस्ने २६ वर्षीय जितेन्द्र कुमार पाण्डेको उपचारको क्रममा भूमही सामुदायिक अस्पताल र बसमा सवार रामग्राम २ का ३५ वर्षीय अरबिन्द ठाकुरको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाईते भएका बसमा सवार अन्य ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस चालक रामग्राम १६ का नदुवा बस्ने ३५ वर्षीय हरि नारायण केवट, रामग्राम ५ बस्ने २५ वर्षीय दिपेन्द्र पाण्डे, नवलपरासी वर्दघाट सुस्ता पूर्व जिल्ला मध्यबिन्दु ११ का १६ वर्षीय अनोज अधिकारी, गोरखा ताक्लुङ १ का वर्ष २२ को टिकाराम दराई र भारत महाराष्ट्रका २४ वर्षीय विनायक पौवारको अवस्था गम्भीर रहेको छ । उनिहरुको परासी, भूमही र रुपन्देहीको मणिग्रामको अस्पतालमा उपचार भइरहेको छ ।