२२ कार्तिक २०८३, आइतबार

डा. केसीलाई यथासिघ्र रिहाई गर्न चिकित्सक संघको माग

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ पुस । नेपाल चिकित्सक संघले त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको रिहाईको माग गरेको छ । डा केसीलाई अस्पताल परिसरभित्रबाटै प्रहरीले हिरासतमा लिएको घटना प्रति दुःख व्यक्त गर्दै संघले विज्ञप्ति जारी गरी यथासिघ्र रिहाई गर्न माग गरेको हो ।

डा. केसीलाई पक्राउ गरेको घटनाले नेपाल चिकित्सक संघ स्तब्ध भएको संघका महासचिव डा. लोचन कार्कीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘परिवर्तनका संवाहक एवं चिकित्साशिक्षा तथा स्वास्थ्य क्षेत्रका अभियान्ताको अस्पताल परिसरभित्र बाटै यस प्रकारको गिरफ्तारीप्रति नेपाल चिकित्सक संघ गहिरो दुःख व्यक्त गर्दछ । त्यसैले उहाँको यथासिघ्र सकुशल रिहाईको नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।’