६ कार्तिक २०८३, शुक्रबार

राष्ट्रिय सरकार चाहिए आजैबाट प्रक्रिया थालौं: एमाले नेता पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shankar-pokhrel

लक्ष्मी काफ्ले

झापा, १६ मंसिर । नेकपा एमालेका नेता शंकर पोखरेलले सबैको सहमतिमा संविधान जारी गर्न राष्ट्रिय सरकारको आवश्यकता भए आजैदेखि प्रक्रिया थाल्न दलहरुलाई सुझाव दिनुभएको छ ।

झापाको बिर्तामोडमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले संविधान भन्दा एमालेको प्राथमिकतामा भने नयाँ सरकार नभएको बताउनुभयो । ‘राष्ट्रिय सरकार हाम्रो पार्टीको प्राथमिकतामा छैन् । तर तोकिएकै मितिमा संविधान जारी गर्न जस्तोसुकै त्याग गर्न पनि पार्टी तयार छ । यदि सबैको सहमतिमा संविधान जारी गर्न राष्ट्रिय सरकार चाहिएको भए आजैदेखि प्रक्रिया थालौं ।’ उहाँले भन्नुभयो ।

नेता पोखरेलले संवैधानिक राजनीतिक सम्बाद तथा सहमति समितिले सहमतिको अडानमा छलफल स्थगन गरिदिँदा संविधान निर्माण प्रक्रियाले गति लिन नसकेको बताउनुभयो ।

संविधानसभाको वर्तमान संरचनाले पनि पूर्ण सहमतिको सम्भावना नरहेको उहाँले बताउनुभयो । अहिलेको संविधानसभामा गणतन्त्रवादी र राजतन्त्रका पक्षपाती, संघीय राज्यको पक्ष र विपक्ष, धर्म निरपेक्ष र सापेक्ष, एकल जातीय र बहुजातीयको विचार बोक्नेबीच पूर्ण सहमतिको कल्पना पनि गर्न नसकिने उहाँले प्रस्ट्याउनुभयो ।

नेता पोखरेलले अन्तरिम संविधानमा नै नयाँ संविधान निर्माण गर्दा हरेक कुराको निर्णयको प्रक्रिया मतदानबाट गराउनुपर्ने उल्लेख रहेको भन्दै सबै कुरा बुझेर पनि सहमतिको रटान लगाउनु भनेको एमाओवादीको संविधान नबनाउने लक्षण भएको जिकिर गर्नुभयो । उहाँले संवाद समितिका सभापति डा. भट्टराईलाई कि सहमति अवलम्बन गरेर अगाडि बढ्न कि बाटो छाड्न सुझाव पनि दिनुभयो ।

नेकपा एमाले झापा जिल्ला प्रचार विभाग प्रमुख माधब बिद्रोहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी अध्यक्ष केपी ओलीले एमाओवादीकै सजिलोका लागि संघीय आयोगले छलफल गरेर संघीयताको विषय टुङ्ग्याउने गरी संविधान जारी गर्ने नयाँ विकल्प अघि सारिदिएको पोखरेलले तर्क गर्नुभयो ।