झापा, १६ मंसिर । झापाको सुरुङ्गा कनकाई नगरपालिका–२ सुकेडाँगीका रविन्द्र ठटालले श्रीमती फूलमायाको हत्या गरेका छन् ।
उनले सोमबार राती खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतिको हत्या लगत्तै भाग्न लागेका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जेठी श्रीमती अर्कैसँग भागेपछि उनले फूलमायालाई ल्याएका थिए । फूलमायासँगै सुतेकी पाँच वर्षीया छोरी राधिकाले बुबाले आमाको हत्या गरेको खबर गरेपछि गाउँलेले तुरुन्त ठटाललाई नियन्त्रणमा लिएका थिए । ठटालले श्रीमतिले पैसा नदिएकाले हत्या गरेका बयान दिएका छन् ।















प्रतिक्रिया