२२ कार्तिक २०८३, आइतबार

दुई वर्षदेखि अवरुद्ध रहेको दाङको हवाई सेवा पुनः शुचारु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्विर: बालाराम खड्का/रासस

तुलसीपुर (दाङ), २३ पुस । लामो समयदेखि अवरुद्ध भएको दाङको हवाई सेवा पुनः शुचारु भएको छ । आइतबारदेखि समिट एयरले तुलसीपुरदेखि काठमाडौँका लागि हप्तामा दुईपटक उडान शुरु गरेको हो ।

आइतबार पहिलो उडानमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, एमालेका नेता प्रकाश ज्वाला, दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयसहित यात्रु बनेर दाङ आएका थिए ।

जहाज अवतरण भएपछि विमान चालक, उपप्रधानमन्त्री महरासहितको टोलीलाई टरिगाउँ विमानस्थलमा स्वागत गरिएको थियो । सो अवसरमा उपप्रधानमन्त्री महराले हवाई सेवालाई अब नियमित गराइने बताए । उनले धावन मार्गको क्षेत्र विस्तार र इन्धन डिपोको निर्माणका लागि आफूले पहल गरिरहेको बताए ।

फरक प्रसङ्गमा महराले अबको तीन हप्तापछि वाम गठबन्धनको सरकार बन्ने बताए । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण कुनै पनि हालतमा नरोकिने उनको भनाइ थियो ।

तत्कालका लागि दाङबाट काठमाडौँका लागि प्रतिव्यक्ति ६ हजार ८०० देखि रु सात हजार २०० रुपैयाँसम्म भाडा तोकिएको छ भने काठमाडौँबाट दाङका लागि सात हजार २०० रुपैयाँ भाडा निर्धारण गरिएको छ । समिट एयरले हप्तामा आइतबार र शुक्रबार उडान भर्ने जनाएको छ । –रासस