२२ कार्तिक २०८३, आइतबार

१८ महिनाभित्र भृकुटीमण्डपमा रक्तसञ्चार भवन निर्माण सकिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ पुस । नेपाल रेडक्रस सोसाइटीले आगामी १८ महिनाभित्र भृकुटीमण्डपमा केन्द्रीय रक्तसञ्चार भवनको निर्माण सकिने बताएको छ । निर्माणका लागि लामा कन्स्ट्रक्सन प्रालि र नेपाल रेडक्रस सोसाइटबीच आइतबार दुई पक्षीय सम्झौता सम्पन्न भएसँगै सो अवधीमा निर्माण सकिने बताइएको छ ।

सो सम्झौता पत्रमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा र लामा कन्स्ट्रक्सनका निर्देशक पिताम्बर वडुले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापालगायत अन्य पदाधिकारी र उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

२१ करोड ७४ लाख ७३ हजार ८७५ रुपैयाँको लागतमा पुरानो भवन भएकै स्थान काठमाडौँको भृकुटीमण्डपमा बन्ने सो भवनको निर्माण कार्य डेढ वर्षभित्र सम्पन्न गरिनेछ । भृकुटीमण्डपको केन्द्रीय रक्तसञ्चार सेवा भवनमा भूकम्पबाट क्षति पुगेपछि सोही ठाउँमा नयाँ भवन निर्माण गर्न लागिएको हो । नेपाल रेडक्रसको भूकम्प पुनर्निर्माण कार्यक्रमअन्तर्गत थाइ रेडक्रसको आर्थिक सहयोगमा सो भवन निर्माण हुन लागेको हो । हाल सोसाइटीको केन्द्रीय रक्तसञ्चार सेवा ललितपुरको बालकुमारीबाट सञ्चालन भइरहेको छ ।