– माधव बेल्वासे
कपिलवस्तु, २२ पुस । पहिलो पाईला कपिलवस्तुले चन्द्रौटा आसपासका ७ स्थानमा जेब्राक्रसीङ निर्माण गरेको छ । शनिबार चन्द्रौटा चोकबाट सुरु गरिएको निमार्णको कार्य शिवपुरसम्मका विभिन्न चोकमा निर्माण गरिएको हो ।
जेब्राक्रसीङ नहुँदा दुर्घटना बढेको हुँदा यसको समाधानको लागी प्रयास गरिएको पहिलो पाइला कपिलवस्तुले जनाएको छ । यस क्षेत्रमा अत्यावश्यक रहेकोले जेब्राक्रसीङ निमार्ण तर्फ ध्यान गएको आयोजकले जनाएको छ ।
हाटबजार लागेको दिनमा विभिन्न व्यापारी व्यावसायीहरुसँग सहयोग मागेर करिव १० हजार संकलन गरेको र यसैबाट यो कार्यक्रम गरेको पहिलो पाइला कपिलवस्तुका अध्यक्ष मनिष पोख्रेलले बताए । यस क्षेत्रका युवाहरुलाई संगठीत गरेर समाज निर्माण र विकासको काम गरेको पोख्रेलले जानकारी गराए । नेपालका विभिन्न ठाउँमा सामाजिक कामहरु गरिरहेको पहिला पाइलाले कपिलवस्तुमा पनि उदाहरणीय काम गरेको छ ।












प्रतिक्रिया