
काठमाडौँ, २२ पुस । वाणिज्यमन्त्री मिन विश्वकर्माले अब बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख नियुक्ती गर्ने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमाबोल्दै मन्त्रीविश्वकर्माले यस्तो जानकारी दिएकाहुन् ।
विश्वकर्मालेले आगामीमन्त्रिपरिषदको बैठकमा प्रदेश प्रमुखहरुको नियुक्ती गरिए पनि अस्थायी राजधानी तोकिने काम भने नहुने जिकिर गरे । उनले भने, ‘अब बस्ने क्याविनेटमा प्रदेश प्रमुखहरुको नियुक्ती हुन्छ । हामीत्यसको लागि पूरै तयारीमा जुटिसकेका छौँ । तर प्रदेशको अस्थायी तोक्ने काम हामी गर्दैनौँ ।’
प्रदेशको अस्थायी राजधानी तोक्ने बारे सर्वदलीय बैठकमा सल्लाह गर्दा अन्यदलहरुले यसमा आफूहरुको चासो नभएको भन्दै उम्किने काम गरेकोले यो सरकारले मात्रै अपजस नलिने उनको भनाई थियो । उनले थपे, ‘सहसचिवको नेतृत्वमा अध्ययन कार्यदल बनेको छ । अस्थायी राजधानी तोक्नेबारे सुचना चुहावट गर्दा देशभरि आन्दोलन चलिरहेको छ । एमाले, माओवादी, फोरम र राजपालाई बोलाएर सर्वदलीय बैठक बस्दा उहाँहरु पन्छिनुभयो । आन्दोलन भैरहेको बेला, निर्णय गर्न हुँदैन् भन्ने हाम्रो निश्कर्ष छ ।’
संविधानतः प्रदेश सभाले नै प्रदेशको राजधानी तोक्ने उल्लेख गर्दै विश्वकर्माले भने, “सरकारले अस्थायी राजधानीतोक्ने हो । तर बहुमत कहीँ पनि छैन् । यो सरकारको कार्यकालमा अस्थायी राजधानी तोक्ने काम हुँदैन । आपसी समझदारीका आधारमा काठमाडौंमा कहीँ कतै सपथग्रहण गर्ने र उहाँहरु आफ्नो कार्यक्षेत्र फर्कने सम्भावना हुन्छ ।’
उनले फागुण यता नयाँ सरकार गठन नै नहुने जिकिर गरे । उनले भने, “एमालेका साथीहरुले राष्ट्रिय सभाको निर्वाचनपछि सरकारमा जान्छौँ भन्नुभएको छ । अब त भद्र भलादमी बन्नुहोस्, अब चुनावी भाषण नगर्नुहोस् ।’
विश्वकर्माले अहिले आफूले बोल्दै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिनुभयो भने के हुन्छ ? भन्दै प्रश्न समेत तेर्साए । उनले थपे, ‘सरकार हुन्छ त ? हुँदैन्, भएनभने चुनावहुँदैन् ।’
उनले आफूहरुले सरकार छिटोभन्दा छिटो छोड्न चाहिरहेको सुनाए । यद्धपी प्रतिनिधि सभाको प्रमाणपत्र नपाईकन छोड्न नमिल्ने बताए । उनले सबै दल, यसका नेताहरु र सांसदहरु जिम्मेवार हुनुपर्नेमा जोड दिए । मन्त्री विश्वकर्माले आफूहरुको बुद्धिले बाटो खोलिदिएको तर वाम गठबन्धनका नेताहरुको बुद्धिले बाटो बन्दगरिरहेको गुनासो पोखे । वाम गठबन्धनको पक्षमा बहुमत भएकोले उनीहरु अत्तालिएको पनि उनको भनाई थियो ।












प्रतिक्रिया