६ कार्तिक २०८३, शुक्रबार

पहिरो पीडितको व्यथाः दाउरा बेचेर पढाइ खर्च

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Daura bechhadaiम्याग्दी, १६ मंसिर । विद्यालयको खर्च अभिभावकले जुटाउन नसकेपछि म्याग्दीको तोराखेतका बालबालिका दाउरा बेचेर विद्यालयको खर्च धान्न थालेका छन् ।

विपन्न परिवारका तीन दर्जनभन्दा बढी बालबालिका बिहानीको झिसमिसेमै पिठ्यूँमा दाउराको भारी बोक्दै यहाँका भकुण्डेचौर, सिङ्गा तातोपानी र बेनीबजारका होटेलमा दाउराका भारी बेच्दै गरेका देख्न सकिन्छ ।

पहिरोका कारण विस्थापित बनेका तोराखेतका १७ घर दलित परिवारका बालबालिका दाउरा बेच्न थालेका छन् । विस्थापित लहरेनी, बगरफाँट र भकुण्डे गाउँमा बस्दै आएका छन् । उनीहरुका बालबालिका पायक पर्ने नजिकको बजारमा दाउरा बेच्ने गर्दछन् ।

घरखर्च चलाउन अभिभावकको पैसाले ठिक्क हुने भएपछि विद्यालयमा चाहिने कापी, कलम, किताब र स्कुल पोसाकका लागि बालबालिका आफैँ वनबाट दाउरा बटुल्दै बिहानीपख बेच्दै आएका छन् ।

“दाउरा बेच्नु रहर नभएर बाध्यता हो”–लहरेनीकी १४ वर्षीया कमला विकले भनिन्–“पढ्नु छ भने आफैँ कमाएर पढ अभिभावकले बताएपछि दाउरा बेच्दै छु ।” दैनिक रु एक सय दाउराको भारी बेचेर कमाउन थालेको उनले बताइन् ।

साँझ विद्यालयबाट फर्केपछि यहाँका बालबालिका वनमा दाउरा बटुल्छन् भने बटुलेको दाउरा बिहानीपख बेचेपछि घर फर्केर विद्यालय पुग्ने गरेको अर्जन उच्चमाविका शिक्षक नवीन घिमिरेले बताउनुभयो ।

दाउरा बेचेर आफैँ विद्यालयको खर्च बेहोर्ने बालबालिकाले बचेको पैसा अभिभावकलाई दिने गरेको बताए । पाँच वर्षदेखि दाउरा बेचेर पढाइलाई निरन्तरता दिँदै आएकी सपना परियारले दाउरा बेच्नुको पीडा सुनाउँदै भनिन्–“घरमा कमाउने बुबा छैनन्, आमालाई सघाउ पु¥याउन र विद्यालयको खर्च पूरा गर्न दाउरा नबेचेर के गर्नु ?”

सामुदायिक वनबाट दाउरा ल्याउनुपर्ने हुँदा सधैँ गाउँलेकोे आँखा छिचोल्दै दाउरा जम्मा गर्नुपर्दा र बेच्ने बेलामा साहुसँगको मोलमोलाई गर्दा पढाइ नै छाडेर मजदुरी गर्न मन लाग्ने यी बालबालिकाले बताए । दाउरा बेच्ने अधिकांश बालिका रहेका छन् ।