२२ कार्तिक २०८३, आइतबार

फरक क्षमता भएका विद्यार्थीलाई लुगाधुने मेसिन सहयोग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, (उदयपुर), २१ पुस । उदयपुरमा फरक क्षमता (बौद्धिक अपाङ्गता) भएका विद्यार्थीलाई एक समाजसेवीले लुगाधुने मेसिन सहयोग गरेका छन् । सदरमुकाम गाईघाटस्थित त्रियुगा उच्च माध्यामिक विद्यलयमा अध्ययनरत ११ जना बालबालिकालाई कपडा धुन सजिलो होस् भन्ने हेतुले त्रियुगानगरपालिका–११ का समाजसेवी विमल श्रेष्ठले मेसिन सहयोग गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलको अनुरोधमा श्रेष्ठले शुक्रबार विद्यालयलाई करिव ४० हजार पर्ने मेसिन स्रोत शिक्षक अमृतबहादुर हमाललाई हस्तान्तरण गरेका हुन् । जाडोमा बैद्धिक स्रोत केन्द कक्षाका आया (केयर टेकर)लाई अशक्त बालबालिकाको लुगाधुन सहज होस् भनेर मेसिन प्रदान गरिएको दाता श्रेष्ठले बताए । शुक्रबार बिहान आफ्नो जन्मोत्सवमा बौद्धिक बालबालिकालाई खानेकुरा बाँड्न पुगेका प्रजिअले केयर टेकर अजिता कार्कीले जाडोमा लुगा धुँदा हातका छाला उक्किएर कन्तविजोग देखेपछि तत्काल दाताको खोजी गरी सहयोग गरेका हुन् ।

तीनवटा श्रोत केन्द्र रहेको उक्त विद्यालयमा ३० जना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु अध्यनरत छन् । वासिङ मेसिनप्राप्त भएपछि लुगाधुन सजिलो हुने आया कार्कीले बताईन् ।