२२ कार्तिक २०८३, आइतबार

जाडो बढेपछि नेपाली सेनाबाट चिया र आगोको व्यवस्था

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, २० पुस । अति जाडोकाकारण बेला नेपाली सेनाले महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाको पाँच स्थानमा तातो चिया बाँड्नाका साथै दाउरा बालेको छ ।

जिल्ला सदरमुकाम जलेश्वर–९ स्थित नेपाली सेनाको फस्ट रैफल गणले आज बिहानैदेखि एकडारा गाउँपालिकाको पाँच सार्वजनिक स्थानमा दाउरा बाल्नुका साथै स्थानीयवासीलाई तातो चियासमेत पिलाएको गणपति कृष्ण खड्का क्षेत्रीले बताउनुभयो ।

सेनाले जिल्लाको मटिहानी नगरपालिका र जलेश्वर नगरपालिकामा पनि जाडोबाट प्रभावितलाई यसैगरी ठाउँ ठाउँमा दाउरा बालेर र चिया पिलाएको थियो । रासस