– माधव बेल्वासे
कपिलवस्तु, १८ पुस । कपिलवस्तुको महाराजगंज नगरपालिका ५ इटरोलमा मंगलवार विहान ८ वजे ट्याक्टरको ठक्करबाट १५ महिने बालकको ज्यान गएको छ ।
इरटोल निवासी दिपराज अहिरका १५ महिनाका छोरा नवराज अहिरको मृत्यु भएको इलाका प्रहरी कार्यलय कृष्णनगरले जनाएको छ । घरमा खेलीरहेको बालक सडकमा निस्कने क्रममा लु ३ त ६१२४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरका चालक फरार रहेका छन भने ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ । बालकको शवलाई पोष्मार्टको लागी शिवराज अस्पताल बहादुरगंज लगिएको बताइएको छ ।












प्रतिक्रिया