बर्दिया, १८ पुस । मध्य र सुदूरपश्चिमको भ्रणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह बर्दिया जिल्लाको भ्रमणका लागि आउने भएका छन् ।
पूर्वराजा शाह पत्नी कोमल शाहसहित बर्दिया आउन लागेको उनका सहयोगी फडी पाठकले जानकारी दिए । बर्दियामा रहेका बेला पूर्वराजाले आफ्ना समर्थक र शुभेच्छुकहरूसँग भेटघाट तथा छलफल गर्ने जनाइएको छ ।
त्यसैगरी पूर्वराजा शाहले स्थानीय धार्मिक स्थलहरूको पनि दर्शन गर्ने जनाइएको छ । केही दिन अगाडि नेपालगञ्ज हुँदै पूर्वराजा शाह मध्य र सुदूरपश्चिमका जिल्लाहरूको भ्रमणमा निस्किएका हुन् ।












प्रतिक्रिया