६ कार्तिक २०८३, शुक्रबार

राजधानीमा पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्दै विप्लव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra_Bikram_Chandकाठमाडौँ, मंसिर १५ । मोहन वैद्यको नेतृत्वको नेकपा–माओवादीसँग विच्छेद गरेलगत्तै नयाँ पार्टीको घोषणा गरेका नेत्रविक्रम चन्द विप्लवले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्ने तयारी गर्नुभएको छ ।

चितवनको एक गाउँमा  ३ दिनसम्म बैठक बसेर नयाँ पार्टी घोषणा गर्नुभएका चन्दले पत्रकार सम्मेलनको तयारी गर्नुभएको हो ।

चन्द समुहका एक नेताले पत्रकार सम्मेलनमा आफूहरुले गर्ने आन्दोलनको सामान्य खाका तथा अहिलेको राजनीतिका बारेमा नयाँ पार्टीले लिएको धारणा स्पष्ट बताए ।

उनले विल्पवको नेतृत्वमा ६ सदस्यीय कार्यालय समिति र ६५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको पनि जानकारी दिए ।