अमेरिका । मिर्गौला खराब भएका गायक ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ नामक कार्यक्रमको लागि आयोजक तयारीमा जुटेका छन् ।
आगामी जनवरी २० तारिखमा डिसी क्षेत्रमा हुने उक्त कार्यक्रममा उनको उपचारको लागि खर्च जुटाउन कार्यक्रम गरिने भएको हो ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)अमेरिकाले कलाकार बिष्टसंग न्यू योर्कमा गएर युट्युबमा संदेश लिएको छ । उक्त भिडियोमार्फत गायक बिष्टले भासिएको आवाजमा आफू केहि दिनदेखि दुवै मिर्गौला खराव भएर डायलेसिसको उपचार गरिरहेको बताएका छन् ।
अमेरिकामा रहेका अभिनेता सरोज खनालसहितका कलाकारले बिष्टलाईतनमनधनले सहयोग गर्न आग्रह गरेका छन् ।
कला र कलाकारको सारथी इनास अमेरिकाको मुख्य नारा ‘जिउदो श्रष्टाको सम्मान गरौ’ भन्दै कलाकारको लागि १० हजार डलरको गो फन्ड खोलेको छ ।
















प्रतिक्रिया