काठमाडौं, १६ पुस । डिल्लीबजार रोटरी क्लबले बालबालिका र जेष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको छ ।
शिविरमा जनरल फिसिशियन, हाड्जोर्नी तथा नशा, स्त्री तथा प्रसुति, आँखा तथा बाल रोगका विषेशज्ञहरूले शनिबार घट्टेकुलो, डिल्लीबजारमा २ सयभन्दा धेरै बिमारीलाई स्वास्थ्य जाँच गरेका थिए ।
शिविरमा बिरामीलाई केही औषधि पनि निःशुल्क बितरण गरिएको थियो । कार्यक्रमलाई एपेलो क्लिनिक, एसएबि स्कूल र जेपी फाउन्डेसनले पनि सहयोग गरेको एसएबी स्कूलका निर्देशक प्रेम ओलीले जानकारी दिए ।












प्रतिक्रिया