६ कार्तिक २०८३, शुक्रबार

सिकारीका कारण वन्यजन्तुको अस्तित्व सङ्कटमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sikariपथरी, १५ मंसिर । चोरी सिकारीका कारण मोरङका जङ्गलमा पाइने वन्यजन्तुको अस्तित्व सङ्कटमा पर्न थालेको छ ।

मोरङको टाँडी, जाँते, मधुमल्ला, वरवन, केरौन, भोगटेनी, पथरी शनिश्चरेलगायतका जङ्गल क्षेत्रका वन्यजन्तुको चोरी सिकारी हुन थालेपछि वन्यजन्तुको अस्तित्व सङ्कटमा परेको हो ।

मृग, हरिण, बँदेल, दुम्सी, सालक, सुन गोहोरोलगायतका वन्यजन्तु चोरी सिकारी हुन थालेपछि बर्सेनि वन्यजन्तुको सङ्ख्या घट्न थालेको ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष खड्ग बस्नेतले बताउनुभयो ।