सोलुुखुम्बु, १५ मंसिर । नियम विपरीत सवारी चलाउने सवारी ट्राफिक कारबाहीमा परेका छन् ।
सोलुखुम्बु जिल्लामा कात्तिक/मसिर महिनाको हालसम्म १३२ वटा सवारी कारबाहीमा परेको जनाएको छ ।
जिल्लामा भित्रिने र बाहिरिने सवारीसाधनको जाँचमा कडाइ गरेपछि कात्तिक महिनायता कारबाहीमा पर्ने सवारीको सङ्ख्या बढेको हो ।
कारबाहीमा परेका सवारीबाट कात्तिक महिनादेखि यता हालसम्म ५९ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्स तथा कागजात नभएका र अन्य नियम मिचेका सवारीसाधनबाट राजस्व सङ्कलन भएको ट्राफिक इन्चार्ज भेषबहादुर थापाले बताउनुभयो ।















प्रतिक्रिया