बाँके, १६ पुस । मानव बेचबिखनबिरुद्ध कार्यरत रहेको माईती नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जमा दैनिकजसो महिला तथा बालबालिकाहरु हराएको भन्दै खोजीका लागि निवेदन पर्ने गर्दछ तर हराएको तुलनामा भेटिनेहरुको सख्या अत्यन्त न्यून रहेको छ ।
माईती नेपाल नेपालगन्जका क्षेत्रीय संयोजक केशब कोइरालाका अनुसार १६ बर्षको अवधीमा चार हजार ३१८ महिला तथा बालबालिका हराएको भन्दै खोजीका लागि निवेदन परेकोमा हालसम्म ६१९ जना महिला तथा बालबालिका फेला परेको बताउनु भयो । कोइरालाका अनुसार १६ बर्षको अवधीमा श्रम तथा यौन शोषणमा परेका २४३ जनाको उद्धार गरिएको बताउनु भयो ।
उद्धार गरिएकाहरु मध्ये अधिकाँश भारतबाट छन् भने खाडी मुलुकमा धेरै महिलाहरु श्रम तथा यौन शोषणमा परेको दावीसहित निवेदन पर्ने गररेपनि उद्दारका लागि प्रभावकारी संयन्त्रको अभाव रहेको रहेको कोइरालाले बताउनुभयो । माइती नेपाल नेपालगन्जले यसबर्ष मात्रै खोजतलाशका लागि ८३४ जनाको निवेदन परेकोमा १५४ जना फेला परेको जानकारी दिनुभयो । गत बर्षको तुलनामा यसबर्ष निवेदन परेका र भेटिएका संख्या बढि हो । अघिल्ला बर्ष भन्दा यसबर्ष बढिको उद्धार भएको छ ।
यसबर्ष श्रम तथा यौन शोषणमा परेका ६७ जनाको उद्धार गरिएको छ । खाडीसँगै भारतमा रेडलाईट भनिएका क्षेत्रबाट उद्दारका लागि कठिनाई भएको माईती नेपालले जनाएको छ ।













प्रतिक्रिया