२२ कार्तिक २०८३, आइतबार

जाडोमा न्यानो मायाँ बाँड्दै लायन्स तथा लियो क्लव

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ पुस । जाडो बढ्दै गएको अवस्थामा लायन्स क्लवले न्यानो लुगा वितरण गर्दे न्यानो माया बाँडेको छ । लायन्स क्लवअन्तर्गतका विभिन्न क्लवहरुले संयुक्त रुपमा गुर्जुधारास्थित ‘आमा घर’मा रहेका बृद्धा आमाहरुलाई न्यानो लुगा सहयोग गरेको हो ।

‘हामी सेवा गर्छौँ’ भन्ने मुल नाराका साथ जाडो मौसममा न्यानो लुगा सहयोग गरिएको बताइएको छ । सहयोग कार्यक्रममा लायन्स जिल्ला परिषद् ३२५ बि वन नेपाल जोन ४९, अन्तर्गतका क्लबहरु लायन्स क्लब अफ काठमाडौँ छाब्दिबाराही, लायन्स क्लब अफ काठमाडौँ ब्रदर छाब्दिबाराही, लायन्स क्लब अफ काठमाडौ बेदब्यासको सहभागिता रहेको थियो । त्यसैगरि लियो जिल्ला परिषद ३२५ बि वन नेपाल क्षेत्र नम्बर ६ अन्तर्गतका क्लबहरु लियो क्लब अफ काठमाडौँ छाब्दिबाराही, लियो क्लब अफ काठमाडौँ दरबारमार्ग, लियो क्लब अफ काठमाडौँ नागार्जुनका साथै युनाईटेड युथ्स नेपालको संयुक्त आयोजनामा तेस्रो बृहत ‘बाडौँ न्यानो माया’ कार्यक्रम अन्तर्गत सो सहयोग गरिएको हो ।

सो न्यानो कपडा बितरण कार्य लायन्स डिष्ट्रिक ३२५ बि वनका जोन ४९ का जोन चियर पर्सन मान बहादुर थापा, शिवहरी तिमिलसैना, दुर्गाप्रसाद उपाध्याय, मिनराज भाट, सन्देस बोहरा, आमा घरकी सञचालिका दिल शोभा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

आमा घरकी सञ्चालिका दिल शोभा श्रेष्ठले यस कार्यक्रमले आफुलाई अझै धेरै समाज सेवामा लाग्न प्रेरणा मिलेको बताइन् । खाजाको पैसा बचाएर परोपकारी काममा खर्चिनु युवाको सकारात्मक पक्ष भएको उनले बताइन् ।