– माधव बेल्वासे
कपिलवस्तु, १५ पुस । कपिलवस्तुको वडा प्रहरी कार्यलय चन्द्रौटामा थुनुवा रहेका अभियुक्ताहरुलाई शनिबार न्यानो कम्बल वितरण गरिएको छ । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान कपिलवस्तुको अगुवाईमा विभिन्न व्यक्तिहरुकोे सहयोगमा ८ थान कम्वल वितरण गरिएको हो ।
तमु ल्होसारको अवसर पारी वडा कार्यलयमा प्रष्ठिानका सभापति विष्णुप्रसाद खतिवडाले प्रहरी निरिक्षक झविन्द्र भट्टराईले सो कम्बल हस्तानतरण गरेका थिए । चिसो बढ्दै गएकोले सबैलाई बाँच्न पाउने अधिकार रहेको र मानव अधिकारको उल्लघंन कसैले पनि गर्न नपाउने सभापति खतिवडाले बताए । गल्ती सबैबाट हुने गरेकोले अभियुक्तहरुलाई आधारभुत आवश्यता प्रदान गर्नुपर्नेमा जोड दिए । चिसो मौषममा कम्बलले केहि राहत हुने भएकोले वितरण गरेको खतिवडाले बताए ।
न्यानो ओढ्ने ओछ्याउने पाएका थुनुवाहरुले अहिले ठूलो राहत महसुस गरेका छन् । केही दिनदेखि एक्कासी बढेको चिसो सिरेटोसँगै कष्टकर जीवन बिताउन बाध्य थुनुवाहरु न्यानो विस्तरामा सुत्न पाएपछि बाँच्ने आशा जागेको बताएका छन् । अहिले वडा प्रहरी कार्यलयमा ७ जना अभियुक्तहरु रहेकोले प्रशस्त मात्रमा कपडा नरहेको बताइएको छ । सो सहयोगले अब प्रशस्त मात्रामा पुगेको प्रहरी निरिक्षक भट्टराईले बताए । प्रतिष्ठानले प्रसंशनीय कार्य गरेको भन्दै प्रहरी निरीक्षक भट्टराईले प्रतिष्ठानका पदाधिकारीहरुलाई धन्यवाद दिए ।












प्रतिक्रिया