२२ कार्तिक २०८३, आइतबार

बागलुङमा चरेशसहित युवक पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, ११ पुस । अवैध चरेशसहित मंगलबार जिल्लाको निसीखोला गाउँपालिका–५ का ३० वर्षीय खिमबहादुर घर्तीमगर पक्राउ परेका छन् ।

सोही गाउँपालिका–५, भल्कोटदेखि बुर्तिबाङ आउँदै गरेको ना ४ ख ९२०९ नंको बस चेकजाँचका क्रममा प्रहरीले घर्तीमगरको साथबाट पाँच किलो चरेश बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय, झिवाखोलाका प्रहरी नायब निरीक्षक रिमबहादुर बैदवारको टोलीले नियमित चेकजाँचका क्रममा घर्तीमगरलाई चरेशसहित फेला पारेको हो ।

पक्राउ परेका घर्तीमगरमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । निसीखोला क्षेत्रमा चरेशको अवैध उत्पादन र बेचबिखन बढी हुने गर्छ । – रासस