२२ कार्तिक २०८३, आइतबार

सामुदायिक विद्यालयलाई कम्प्यूटर सहयोग

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ११ पुस । सामुदायिक विद्यालयलाई आधुनिक प्रविधि युक्त शिक्षासँग जोड्न भानुदय मष्टेश्वरी मावि डोगडीलाई कम्प्यूटर सहयोग गरिएको छ । ४ लाख ८९ हजार ६ सय ९०बराबरको लागत खर्चमा १५ वटा कम्प्यूटर सहयोग गरिएको हो ।

गुड नेवर्स इन्टर नेशनल र पीसविनको सयुक्त सहकार्यमा ९ वटा डेल कम्पनीका डेस्टप कम्प्यूटर सहयोग गरिएको विद्यालयका निमित्त प्रअ विमला बोगटीले बताईन । कम्प्यूटर एक कार्यक्रमका बीच छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावत र उपाध्यक्ष कुनती बुढा साउँदले विद्यालयलाई हस्तान्त्रण गरेका हुन् ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार र प्रविधियुक्त शिक्षासँग जोड्न कम्प्यूटर सहयोग गरिएको पीसविन शिक्षा विकास अधिकृत टेकबहादुर थापाले बताए । विद्यालयलाई हस्तान्त्रण लगत्तै कम्प्यूटर कक्षाको उद्घाटन समेत गरिएको छ ।

बालबालिकाको शिक्षा आर्जन गर्न पाउने विकासको अधिकारको ग्यारेन्टी गर्ने गरी सहयोग प्राप्त भएकोमा विद्यालयले धन्यवाद दिएको छ । बजारमा विक्न र टिक्न सक्ने शिक्षा दिनु आजको आवश्यकता भएकोले त्यसका लागि सहयोग महत्वपूर्ण हुने गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताए ।

कम्प्यूटर प्राप्त भएसँगै विद्यालयले नियमित कम्प्यूटर कक्षा समेत सञ्चालन गर्ने विद्यालयले बताएको छ । कक्षा ६ देखि १२ सम्मको विद्यार्थीलाई प्रयोग गरिने छ । दैनिक एक कक्षा पुग्ने गरी सञ्चालन गर्ने बताईएको छ ।

कम्प्यूटर सहयोग सँगै विद्यालयका ९ सय बढी विद्यार्थी लाभान्वित हुने भएका छन् । कम्प्यूटर ग्रहण गर्दै विद्यालयका निमित्त प्रअ विमला बोगटीले विद्यार्थीको सिकाई उपलब्धी र गुणस्तरीय शिक्षा विकासमा ठूलो सहयोग पुग्ने बताए ।

नियमित कम्प्यूटर कक्षा सञ्चालन गर्नका लागि सहयोग पुगेको छ, प्रविधिसँग नजिक राखेर शिक्षण सिकाई गर्न सजिलो हुने भयो, बोगटीले भनिन् । कम्प्यूटर दातृ निकायका तर्फबाट गुड नेभर्स इन्टर नेशनलका जिल्ला संयोजक विष्णु भुसालले गाउँपालिकालाई हस्तान्त्रण गरेका थिए । गुणस्तर सुधार हुँदै गएर र सही सदुपयोग हुन सकेमा थप विद्यालयलाई पनि सहयोग गर्ने भुषाललको भनाई छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगायतको लगायतको सहभागिता पीसविन विकास सहायक दिपक बुढाले बताए । कम्प्यूटर उपलब्ध भएसँगै विद्यालयले कक्षा ६ देखि १२ सम्म अनिवार्य कम्प्यूटर कक्षा सञ्चालन गर्ने बताएको छ ।

सहयोगी संस्थाले बुढीगंगाका ७ र छेडेदह गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार बढी बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि काम गरिरहेका छन् ।

उनीहरुकोे शैक्षिक सामाग्री खरिद देखि स्वास्थ्य उपचार सहीत अभिभावकलाई आय आर्जनका क्रियाकलापमा समेत सहयोग गरिरहेको छ । पीसविन गुड नेभर्स इन्टर नेशलनले यस अघि काँडा, जयवागेश्वरी टाँटे लगायतका स्वास्थ्य चौकीका लागि साढे ५ लाख बराबरको स्वास्थ्य उपचार सामाग्री सहयोग गरेको थियो । भने भानुदय माविलाई यस अघि ६ लाख बढीको सहयोगमा १५ वटा कम्प्यूटर सहयोग गरिएको थियो ।कार्यक्रम साविक ६ गाविसमा सञ्चालन भईरहेको छ ।