५ कार्तिक २०८३, बिहिबार

लक्ष्मी बैंकको सेवा अब भाइबरमा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । नेपालमा अत्यधिक लोकप्रिय भएको म्यासेजिङ्ग प्लाटफर्म– भाइबरमा लक्ष्मी बैंक हालै आबद्ध भएको छ । भाइबरको “लक्ष्मी बैंक पब्लिक एकाउन्ट”मा आबद्ध भए पछि विभिन्न बैंक सम्बन्धित सूचनाहरु सहज रुपमा तत्कालै प्राप्त गर्न सकिनेछ ।

विषेशगरी लक्ष्मी बैंकका ग्राहकहरुले भाइबर सेवाअन्तर्गत आफ्नो खाताको विवरण, व्यालेन्स, मिनि स्टेटमेन्ट लगायत अन्य थुप्रै अत्यावश्यक सूचनाहरु जस्तै बैंकका शाखाहरु, बैंकका एटिएमहरु कहाँ कहाँ छन् भन्ने जानकारी, विदेशी मुद्राको विनिमयदर, जस्ता थुप्रै जानकारी प्राप्त गर्न सक्ने बताइएको छ ।साथै यो सेवा बैंकको लक्ष्मी बैंक मोबाइलमनिको एक हिस्साका रुपमा उपलब्ध रहेको छ ।

लक्ष्मी बैंकको शाखा संजाल ७४, ३ हस्पिटल सेवा काउन्टर, ९५ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु छन् । सन् २००२ देखि लक्ष्मी बैंकले नविनतम् प्रविधिहरुको प्रयोग गर्दै आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यसै सिलसिलामा लक्ष्मी बैंकको डिजिटल बैंकिङ्ग सेवाअन्तर्गत भाइबर सेवाले ग्राहकहरुलाई सहजतरिकाबाट बैंकमा सुविधाहरु प्राप्तगर्ने विकल्प समेत प्रदान गरेको छ ।