२२ कार्तिक २०८३, आइतबार

काभ्रे दुर्घटनामा मृत्यु भएकाको सनाखत 

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, ११ पुस । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– ७ स्थित काभ्रेभञ्ज्याङ नजिकै भएको दुर्घटनामा मृत्यु भएका एक व्यक्तिको आज सनाखत भएको छ ।

रौतहटका राजपुर नगरपालिका– ७ का २० वर्षीय सञ्जीव शाहको दुर्घटनामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो ।

धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेको बा८६प ३६८१ नं को मोटरसाइकललाई भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको ना४ख ८०८० नं को बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार शाहको धुलिखेल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको थियो । आजै उनको शव आफन्तले बुझिसकेका छन् । रासस