५ कार्तिक २०८३, बिहिबार

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सम्मान गरेको छ ।

‘योर पाटर्नर फर प्रोग्रेस्’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंकले खेलकुद क्षेत्रको विकासमा प्रायोजकको रूपमा उत्कृष्ट योगदान गरी नेपाल र नेपालीको गौरब बढाउन भूमिका निर्वाह गरेको भन्दै सोमबार राखेपद्वारा आयोजित एक भब्य समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानित गर्नुभएको हो । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले राष्ट्रपतिबाट सम्मानपत्र ग्रहण गर्नुभयो ।

नेपालको खेल जगतको विकास र प्रवर्द्धनका निम्ति कटिबद्ध भएर लागिपरेको बैंकले खेल जगतको उत्थानका निम्ति हरेक वर्ष सिटिजन्स अन्तरबैंक फुटसल, सिटिजन्स खुल्ला गल्फ प्रतियोगिता, सिटिजन्स खुल्ला टेनिस प्रतियोगिता, गर्दै आएको छ ।

नेपाली खेलाडीहरुको मनोवल बढाउने उद्देश्यले बैंकले राष्ट्रिय व्याडमिन्टन खेलाडी नंङशल तामांगलाई खेल्नका निम्ति अनुकूल वातावरण प्रदानगरी बैंकमा कर्मचारीको रूपमा पनि नियुक्त गरेको छ । हाल सालै सम्पन्न प्रथम प्रधानमन्त्री क्रिकेट कपमा पनि बैंकले रू ३ लाखको आर्थिक सहयोग उपलब्ध गराएको थियो । हाल आयोजना भइरहेको एभरेष्ट प्रिमियल लिग (इपीएल) मा चितवन टाइगर्स टोलीलाई रू दश लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ ।

खेलकुदमा योगदान पुर्याएवाफत राखेपबाट सम्मान पाउने सिटिजन्स पहिलो बैंक बनेको छ । भविष्यमा पनि बैंकले खेलको विकासका निम्ति निरन्तर सहयोग गर्ने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी गराउनुभयो ।