अष्ट्रेलिया । अष्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवन निर्माणका लागि गैरआवासीय नेपाली संघका निबर्तमान अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङले दुई लाख आठ सय अठासी डलर प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली संस्कृति एवं पहिचानलाई स्थापित गर्न यो सामुदायिक भवनले निकै ठूलो महत्व राख्ने मैले विस्वास लिएको छु । यसले अष्ट्रेलियामा नेपाली समाजको एकता र सम्बृद्धिलाई समेत झल्काउने छ’,’ घलेले भने ।
सामुदायिक सम्पत्ति सिर्जना गर्ने काममा हरेक ब्यक्तिको सकृयता र अपनत्व हुनुपर्छ भन्नेमा आफूले सधै विश्वास राख्ने गरेको भन्दै घलेले गैरआवासीय नेपाली संघको नेतृत्व गर्दा पनि सोही मान्यतालाई स्थापित गरेको बताए ।
सामुदायिक भवन निर्माण गर्न आर्थिक सहयोग जुटाउने उदेश्यले मेलवर्नमा आयोजना गरिएको महापुराण कार्यक्रमको उदघाटनदेखि समापनसम्ममा तीन दिनसम्म गएर महापुराणस्थलमा पुराण श्रवणमा समय दिंदै समापनका दिन आइतबार उनीहरूले सो रकम दान गर्ने घोषणा गरेका हुन् ।
नेपाली सामुदायिक भवन निर्माणका लागि यति ठूलो रकम दान दिइएको नेपाली डायस्पोरामा सम्भवतः यो पहिलोपटक हो ।
यस अघि सप्ताहको तेश्रो दिन भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन र लक्ष्मी बाट १ लाखको प्रतिबद्धता जनाएका थिए ।















प्रतिक्रिया