अमेरिका । डिसेम्बर २३ तारिख डिसी महानगर क्षेत्रको भर्जिनिया स्यानटिलीमा अमेरिकामा जन्मेका बालबालिकाका लागि निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीको उपस्थिति रहेको थियो ।
निबन्ध प्रतियोगितामा अमेरिकामा जन्मिएका बालबालिकाहरुको शिक्षादेखि नेपाल र अमेरिकाको बारेमा के कति ज्ञान राख्दछन् भन्ने उदेश्यले पहिलो पटक यस्तो कार्यक्रम गरिएको हो ।
बालबालिकालाई गणित तथा अंग्रेजीको हिज्जे समेत सोधिएको थियो । प्रतियोगितामा सहभागी हुने बालबालिका र बिद्यार्थीले आफैले लेखेको निबन्ध कतिको महत्वपूर्ण हुन सक्ने शिक्षाबारे बढी ध्यानाकर्षण गरिएको थियो ।
प्रतियोगितामा आरजू कार्की, एलिजाबेथ ठकुरी, ऐश्वर्य निरौला, मोनिका ढुंगेल, आदित्य निरौला, अदीति पौडेल, सगुन लुइँटेल र दीपर्सन खरेलले भाग लिएका थिए ।
















प्रतिक्रिया