६ कार्तिक २०८३, शुक्रबार

युवती उद्धार, एक भारतीय नागरिक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila-bechbikhan-cheli-paisaविराटनगर, १३ मंसिर । वैदेशिक रोजगारको प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेको एक युवतीलाई उद्धार गर्नुका साथै एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

मोरङको लेटाङ बस्ने २५ वर्षीया युवतीलाई उद्धार गरिएको छ भने भारततर्फ लग्न खोज्ने भारतको पश्चिम बङ्गालराज्यको मालदह बस्ने इमान हुसेनलाई शुक्रबार पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

हुसेनले ५० हजार खर्च गरी रोजगारका लागि मलेसिया पठाइदिने भनेर ती युवतीलाई प्रलोभनमा पारेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भारततर्फ जाँदै गरेको अवस्थामा सीमा नजिकको ढाटमा खटिएका प्रहरी र के आई नेपाल नामक संस्थाको प्रतिनिधिलाई शङ्का लाग्दा सोधपुछको क्रममा उक्त जानकारी प्राप्त भएको हो ।

हुसेन साइकल कबाडी रहेको र ती युवतीलाई पटक–पटक रकम दिई प्रलोभनमा पार्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।