२२ कार्तिक २०८३, आइतबार

औद्योगिक क्षेत्र छिटो भन्दा छिटो निर्माण गर्नुपर्छ: सांसद दाहाल

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ९ पुस । पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ७ सगुनटोल स्थित उदयपुर सामुदायिक वन उपभोक्ता समूहको १२ औं वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ । सो साधारण सभाका प्रमुख अतिथि प्रदेश सभा चितवन क्षेत्र नम्बर २ ‘क’ का सांसद घनश्याम दाहालले सामुदायिक वनले सामाजिक रुपमा गरेको विकास निर्माण र वन संरक्षणमा पु-याएको योगदानको प्रशंसा गरे ।

सांसद दाहालले यस क्षेत्रको विकासको लागि आफु सधै लागिपर्ने बताउँदै वन समूहमा पर्ने औद्योगिक क्षेत्रको निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताए । स्थानीयले संरक्षण गरेको सामुदायिक वनको व्यवस्थापन गरी स्थानीयवासीको सल्लाह र सुझावलाई मध्यनजर गर्दै शक्तिखोर क्षेत्रमा बन्ने औद्योगिक क्षेत्र छिटो भन्दा छिटो निर्माण गर्नुपर्ने उनले बताए । यसै क्षेत्रका हजारौँ व्यक्तिहरुले रोजगार प्राप्त गर्नेमा ग्यारेन्टी गर्ने वातावरण तयार गरिने समेत दाहालले प्रतिबद्धता जनाए ।

संस्थाका अध्यक्ष केशव लामाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष लामाले संस्थाको प्रगति प्रतिवेदन तथा भावी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा हालै भारतको कोलकातामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता स्थानीय फुलमाया कुमाललाई दोसल्ला तथा नगदसहित सम्मान गरिएको थियो । वन संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएका वन समूहका उपभोक्ता कृष्ण बहादुर नेपाललाई पनि सम्मान गरिएको थियो । साधारण सभामा लेखा समिति संयोजक मोतीराम गजुरेलले लेखा प्रतिवेदन र अनुगमन समिति संयोजक द्रोण प्रसाद लामिछानेले अनुगमन प्रतिवदेन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला वन कार्यालय चितवनका सहायक जिल्ला वन अधिकृत रामचन्द्र सुवेदी, कालिका वडा नम्बर ७ का वडा अध्यक्ष डिल्ली राम दवाडी, जिल्ला वन समन्वय समितिका प्रतिनिधि रामध्वज डल्लाकोटी, सामुदायिक वन उपभोक्ता महासंघ चितवनका प्रतिनिधि भरत ढुंगाना, थानखोला सामुदायिक वनका प्रतिनिधि लक्ष्मीनारायण चौलागाई, वन समूहका उपभोक्ताहरु शर्मिला लामिछाने, वैकुण्ठ अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।