
तुलसीपुर (दाङ), ८ पुस । उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले तीन तहको निर्वाचनले राजनीतिक संक्रमणकालको अन्त्य भएको बताएका छन् । नेपाल पत्रकार महासंघ, दाङले शनिबार उनको सम्मानमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
मुलुकलाई सबै समस्याबाट मुक्त गर्दै संमृद्धितर्फ लैजानका लागि सबै दलहरु थप जिम्मेवार हुनुपर्ने उनको धारणा रहेको छ । उनले अबको तीन हप्तामा नयाँ सरकार गठन हुने र त्यो सरकारले मुलुकलाई समृद्धिको दिशामा लैजाने उनको भनाइ छ ।
महराले दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाउन सम्भव नभए अहिलेको रुकुम, रोल्पा, प्यूठान, दाङ, बाँके र बर्दियाको छुट्टै प्रदेश बनाएर दाङलाई राजधानी बनाउन सकिने र यस विषयमा राजनीतिक नेतृत्वसँग छलफल भइरहेको उनको भनाइ छ । –रासस












प्रतिक्रिया