सुरुङ्गा, १३ मंसिर । बहु विवाह गरेका झापाको दमक नगरपालिका– १४ का रामहरि कार्की र उनकी कान्छी श्रीमती सन्ध्या ढकाल कारागार चलन भएका छन् ।
कार्कीले गत असोज १५ गते सन्ध्यालाई दोस्रो विवाह गरेको भन्दै जेठी श्रीमती कुमारी कार्कीले कात्तिक २४ गते इलाका प्रहरी कार्यालय दमकमा कारबाहीको माग गर्दै जाहेरी दिएकी थिइन् ।
सोही दिन प्रहरीले रामहरि र सन्ध्यालाई पक्राउ गरी कानुनी कारबाही सुरु गरेको प्रहरी सहायक निरीक्षक वासुदेव चौधरीले जानकारी दिए ।
उनीहरुलाई जिल्ला अदालत झापाका न्यायाधीश पूर्णश्वरप्रसाद उपाध्यायको इजालासले बिहीबार कारागार चलान गर्ने फैसला गरेको हो ।















प्रतिक्रिया