२२ कार्तिक २०८३, आइतबार

जंगली जनावर नियन्त्रण गर्न शुक्लाफाँटा नगरमा विद्युतीय तारबार गरिने

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ७ पुस । शुक्लाफाटा राष्ट्रिय निकुञ्ज वाट आउने जङ्गली जनावर नियन्त्रण गर्नका लागि कञ्चनपुरको शुक्लफाटा नगरपालिकामा सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार गरिने भएको छ ।

कञ्चनपुरको शुक्लाफाटा नगर पालिकाका केही वार्डहरुमा जंगली जनावरहरुले दुःख दिन थालेपछी जंगली जनावरलाई नियन्त्रण तथा जंगली जनावरले गरेको क्षतिलाई स्थायी रुपमा समाधानका लागी सरोकारवालाहरु संग पहिलो चरणको छलफल सम्पन्न गरेको छ ।

शुक्लाफाटा राष्ट्रिय निकुञ्ज संग जोडीएको शुक्लाफाटा नगर पालिकाको वडा न ं १, २, ३, ४, ५, ६,७ र १२, मा निकुञ्जवाट आउने जंगली हात्ती लगायतका जंगली जनावरहरुले दैनिक रुपमा दुख दिन थाले पछी जनावर वस्ती छिर्नवाट रोक्न नगर पालिकामा सरोकारवाला निकाय संग पहिलो चरणको छलफल गरिएको छ ।

शुक्लाफाटा राष्ट्रिय निकुञ्ज वाट आउने हात्तीको झुन्डले स्थानीय किसानले लगाएको गहुँ, धान, उखु, मकै र तरकारी बालीमा नोक्सानीसँगै घर भत्काउने गर्न थालेपछि निर्वाचन क्षेत्र नं(२(ख)का प्रदेश सभा सदस्य लाल वहादुर खडकाले व्शिेष पहल गर्नु भएको छ । प्रदेश सभा सांसद खडकाले भन्नु भयो शुक्लाफाटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, तराई भूपरिधी कार्यक्रम (ताल) लगायतका सरोकार निकायसंग विद्युतीय तारबारका लागि विशेष पहल गरिदिन आफुले जोरदार रुपमा माग गरेको र यस क्षेत्रमा तारबार गरिएपछि हात्ती नियन्त्रण तथा जङ्गली जनावर नियन्त्रणमा मा टेवा पुग्ने उनले बताए ।

विहीवार नगर पालिकामा वसेको वैठकले हात्ती आक्रमण रोक्न तथा जंगली जनावरवाट वालीनालीको संरक्षणका लागी शुक्लाफाटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, तराई भूपरिधी कार्यक्रम (ताल) लगायतका सरोकार निकायसंग विद्युतीय तारबारका लागि विशेष पहल गरिदिन माग गरेको छ ।

मध्यवर्ती क्षेत्रमा पर्ने उक्त वडाहरुमा केही महिना अगाडी मात्रै जंगली हात्तीले किसानले लगाएको वालीनाली नोक्सानीका साथै र घर गोठ भत्काउने कार्य गरेका थिए । शुक्लाफाटाका नगर प्रमुख दिल वहादुर ऐरको अध्यक्षतामा वसेको वैठकको प्रमुख अतिथीमा प्रदेश सभा सदस्य लाल वहादुर खडका, नगर उप प्रमुख तुलसी हमाल, शुक्लाफाटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेद कुमार ढकाल, मध्यवर्ति क्षेत्र व्यवस्थापन समिति अध्यक्ष पुष्कर वहादुर सिह शुक्लाफाटा नगर पालिकाका वार्ड अध्यक्षहरु, कर्मचारी, सञ्चारकर्मी लगायका सरोकारवालाहरुको समेत उक्त छलफलमा सहभागिता रहेको थियो ।