भीमदत्तनगर, १२ मंसिर । धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको पवनदूत यातायातको बस कञ्चनपुरको कृष्णपुर–२ लालझाडी क्षेत्रमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्को एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
बसकै सह–चालक कञ्चनपुरको दैजी–१ का ३५ बर्षिय सुरेश थापाको घटनास्थलमै मृत्यु भएको हो । बसमा सवार देखतभुली गाविस–८ की ४० बर्षिया भागरती विकको उपचारका क्रममा मृत्यु भएको हो। १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको म१ख ४१५ नम्बरको बस दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयले दुर्घटनाको यकिन विवरण आइरहेको जनाउँदै घाइतेहरूको कैलालीको अत्तरिया र धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि लगिएको जनाएको छ ।















प्रतिक्रिया