काठमाडौँ, ५ पुस । नक्कली सुन देखाई १० लाख रुपैयाँ नगद ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सुन जस्तो देखिने १ केजीको धातुसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ गर्नेहरुमा सिन्धुपाल्चोकको साविक माँखा गाविस–७ घर भई हाल बलेफी गाउँपालिका–६ बस्ने ३५ वर्षीय निरबहादुर तामाङ र उनीसँगै बस्ने वर्ष ३५ का तुलबहादुर तामाङ रहेका छन् । उनीहरुले नौसाद अलिबाट नक्कली सुन देखाइ १० लाख रुपैयाँ नगद ठगी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तामाङद्वयलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । साथै त्यसमा संलग्न रहेका अन्य व्यक्तिहरुको समेत खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।












प्रतिक्रिया