कावासोती, ५ पुस । नवलपुर क्षेत्र नंबर २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य तिलक महतले जिल्ला निर्वाचन कार्यालय नवलपुरमा निर्वाचन खर्च बिवरण बुझाउनु भएको छ । सांसद महतका तर्फबाट उहाका प्रतिनिधी नारायण प्रसाद तिमल्सिनाले बुधबार खर्च विवरण बुझाउनु भएको हो ।
उहाँले २० लाख १७ हजार ५ सय रुपैया खर्च भएको विवरण बुझाउनु भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधि सभा सदस्यतले निर्वाचनमा रु २५ लाख खर्च गर्न पाउने कानूनी ब्यवस्था थियो । सुशासनको पक्षमा लाग्ने बताउदै आउनु भएका महतले जिल्लामा सबै उम्मेदवार भन्दा पहिला निर्वाचन खर्च बुझाउनु भएको हो ।
निर्वाचन सम्पन्न भएको एक महिना भित्र निर्वाचन खर्च बिवरण निर्वाचन कार्यालयमा बुझाउने प्रावधान रहेको छ । बुधवार दिउसोसम्ममा प्रतिनिधी सभातर्फ महतले मात्रै खर्च विवरण बुझाउनु भएको छ । प्रतिनिधि सभामा क्षेत्र नं. २ मा १२ जना उम्मेदवार रहेका थिए ।
यसैगरी नवलपुर क्षेत्र नम्बर २ ख बाट प्रदेश सभा सदस्यमा निर्वाचित जनक लाल श्रेष्ठले पनी खर्च विवरण बुझाउनु भएको छ । उहाले निर्वाचन कार्यालयमा १३ लाख ३६ हजार ५०० रुपैया खर्च भएको विवरण बुझाउनु भएको निर्वाचन कार्यालयका नायब सुब्बा चुडा विक्रम शाहीले जानकारी दिनुभयो ।
यस्तै नवलपुर १ ख बाट निर्वाचित प्रदेश सभा सदस्य रोशन गाहाले पनी खर्च विवरण बुझाउनु भएको छ । उहाले १४ लाख १८ हजार ५ सय रुपैया खर्च भएको विवरण कार्यालयमा बुझाउनु भएको नायब सुब्बा शाहीले जानकारी दिनुभयो । प्रदेश तर्फका उमेद्वारहरुले बढीमा १५ लाखसम्म खर्च गर्न पाउने कानुनी व्यबस्था रहेको थियो ।












प्रतिक्रिया