२९ आश्विन २०८३, बिहिबार

मोदी र सरिफले नेपालमा हात मिलाउँदा जम्मु काश्मीरमा भीषण आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi-$-Nawazकाठमाडौँ, १२ मंसिर ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले अठारौं सार्क शिखर सम्मेलनको अवसरमा करिब ३० सेकेण्ड हात मिलाएर काठमाडौँको राष्ट्रियसभा गृहको हल गुज्जाएमान भएकै दिन भारत–पाकिस्तानको सीमान जम्मु काश्मीरमा भीषण लडाई भएको छ।

उग्रवादीसँगको गोली हानाहानमा ११ जनाको ज्यान गएको बिबिसीले जानकारी दिएको छ ।  भारतले आफ्नो भूमि दावी गर्दै नियन्त्रणमा राखेको काश्मिरको अर्निया नगरस्थित एक भारतीय सैनिक शिविरमा उग्रवादीहरूले बुधवार आक्रमण  सुरु गरेका थिए। त्यसपछि भएको गोलीवारी शुक्रवारसम्म पनि छिटफुट जारी रहेको समाचाहरुले बताएका छन् ।
अधिकारीहरुले ११ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।  जसमध्ये चारजना भारतीय सेना, चारजना उग्रवादी र ३ जना सर्वसाधारण नागरिक छन्।

लडाई भएको यो सैन्य शिविरदेखि करिब चार किलोमीटर पर अर्न्तराष्ट्रिय समुदायले मान्यता दिएको पाकिस्तान—भारत सीमा छ।

गृहमन्त्री राजनाथ सिंहले पाकिस्तानको इसारामा काश्मिरको चुनाव प्रभाव पार्नका लागि उग्रवादीहरूले त्यहाँ हमला गरेको आरोप लगाएका छन्।

बिहीबार मध्यरातमा नेपाल छाडेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ आयोजना हुन लागेको चुनावीसभालाई शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ ।
गत अक्टोबर महिनामा पनि यस क्षेत्रमा भारतीय तथा पाकिस्तानी सेनाबीच मोर्टार हानाहान भएको थियो। एजेन्सी