६ कार्तिक २०८३, शुक्रबार

तोब्गे र हसिना स्वदेश फर्किएपछि जोर–बिजोर प्रणाली खुकुलो हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ मंसिर ।  भुटानमा प्रधानमन्त्री छिरिङ तोब्गे र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना शुक्रबार दिउँसो ११ बजेसम्ममा स्वदेश प्रस्थान गरे पछि  सवारी साधन सञ्चालनमा लागु गरिएको जोर–बिजोर प्रणाली खुकुलो हुने भएको छ ।
नेपालमा भएको १८ औँ सार्क शिखर सम्मेलनमा भाग लिन आएका सार्क मुलुकका  बिशिष्ट पाहुनाहरु तोब्गे र हसिना स्वदेश फर्किएपछि  दिउँसोदेखि जोर बिजोर प्रणालीलाई खुकुलो पारिने भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ, श्रीलंकाली राष्ट्रपति महेन्द्रा राजपाक्षे, अफगानीस्तानका राष्ट्रअसरफ घानी र माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन बिहीबार राती नै फर्किसक्नु भएको छ ।

उहाँहरुको आगमनलाई मध्यनजर गर्दै सरकारले गत सोमबारदेखि सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागु गरेको थियो ।