कञ्चनपुर, ४ पुस । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २(ख) प्रदेश सभा सदस्यमा भारी मतले निर्वाचित सांसद महेश दत्त जोशीले ७ नम्बर प्रदेशको मुख्यमन्त्री बन्न तयारी रहेको बताएका छन् ।
मंगलबार कृष्णपुरमा उनको सचिवालयले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सांसद जोशीले आफू मुख्यमन्त्री बन्न तयार रहेको बताए । यस प्रदेशको मुख्यमन्त्रीमा जोशीको नाम चर्चामा आएपछि सार्वजनिक रुपमा सांसद जोशीले जस्तोसुकै जिम्मेबारी पाए बहन गर्ने उद्घोष गरेका हुन् । ‘मलाई यस प्रदेशको जुन जिम्मेबारी दिएपछि म सहजताका साथ निर्वाह गर्छु,’ जोशीले भने, ‘पहिला जिम्मेबारी त पाईनुप¥यो ।’
यसैविच मंगलबारै कृष्णपुर नगरपालिका–२ वाणिमा सामुदायिक वन समन्वय समिति र चुरे लालझाँडी जैविक मार्ग संरक्षण कृषि सहकारीले जोशीलाई सम्मान पनि गरेको छ । समन्वय समिति र सहकारीका संस्थापक अध्यक्ष समेत रहेका जोशीलाई दुवै संस्थाले संयुक्त रुपमा सम्मान गरेको हो ।
सामुदायिक वन समन्वय समितिका सचिव नरेशराज भट्टले जोशीलाई प्रदेश सभामा निर्वाचित भएपछि औपचारिक रुपमा बधाई तथा सम्मान गरिएको बताए । उनका अनुसार दुवै समितिका पदाधिकारीले टिका फुलमाला लगाउदै दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
कार्यक्रममा चुरे लालझाँडी जैविक मार्ग संरक्षण कृषि सहकारीका प्रबन्धक दिलिप सिह भण्डारी, सामुदायिक समन्वय समितिका सदस्य एव शुक्लफाँटा नगरपालिका ८का वडाध्यक्ष बहादुर सिह महरा, सामुदायिक वन समन्वय समितिका महासचिव शिवदत्त पन्त, झिलमिली सामुदायिक वनका अध्यक्ष अर्जुन सिह साउद, कञ्चनपुरका पत्रकारले जोशीलाई बधाई दिदै जनताको पक्षका काम गर्न आग्रह गरे । जोशीले जनताले दिएको मत कदर गर्दै जनमत खेर जान नदिने बचन दिए ।
प्रदेशको जुनसुकै जिम्मेबारी समेत निर्वाह गर्न तयार रहेको बताउदै जोशीले मुख्यमन्त्रीको समेत जिम्ेमबारी निर्भिकताका साथ पुरा गर्ने बचन दिए । सांसद जोशीले निर्वाचनमा आफुलाई अमुल्य मतदान गर्नुहुने सम्पूर्ण मतदाता, आमबाबु, दाजुभाई, दिदिबहिनी,शिक्षक, प्राध्यापक, बुद्धिजिवी, वाम गठबन्धन, आफुलाई जिताउन अहोरात्र खटिने नेता कार्यकर्ता, सम्पूर्ण सबैमा हार्दिक आभार तथा कृतज्ञता समेत प्रकट गरेका छन् ।












प्रतिक्रिया