२२ कार्तिक २०८३, आइतबार

सांसद थापाले भने- जनतालाई प्रतिफल दिनुपर्छ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मार्तडी, ३ पुस । बाजुराबाट प्रतिनीधिसभाका नवनिर्वाचत सांसद लालबहादुर थापाले सोमबार सदरमुकाम मार्तडीमा निजामति कर्मचारीसंग अन्तरक्रिया गरेका छन ।

उनले परिवर्तित सन्द्र्धभमा कर्मचारीले नयाँढंगले अघि बढ्नुपर्नेमा जोड दिए । हामी सवै मिलेर जनतालाई प्रतिफल दिने गरेर काम गर्नुपर्छ उनको आग्रह गरे ।

सांसद थापाले पत्रकारले सत्यतथ्यमा रहेर समाचार संप्रेषण गर्नुपर्नेमा पनि जोड दिएका थिए । उनले पत्रकार भएपछि पत्रकारले पत्रकारिता मात्रै गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

यद्यपी केही सञ्चार माध्यामले थापाले पत्रकारका विरुद्धमा वोलेको आरोप लगाएका छन तर नेता सवैले आफ्ना काममा जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए । पत्रकारले पनि सहकारी लगायतका पेशामा लाग्नु भन्दा शुद्धरुपमा पत्रकारिता गर्नुपर्छ भन्ने थापाको भनाइ थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहितका जिल्ला सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधिहरुको उपस्थिति थियो ।

यसैवीच सांसद थापाले परम्परागतरुपमा मनाइने भुवो पर्वको उद्घाटन गरेका छन । थापाले वुढीगंगा नगरपालिका अन्र्तगतको ब्रहमतोलाको ताप्रामा आयोजित भुवोको उद्घाटन गरेका थिए । पुसे औशीका दिनदेखि शुरु हुने भुवो पर्व बाजुरामा पुर्णिमासम्म मनाइने गरिन्छ । भुवोखेल प्राचिनकालमा कौरब र पाण्डवको युद्ध पश्चात पाण्डवको विजय उत्सवरुपमा मनाइने गरिएको किम्वदन्ती छ ।

नवनिर्वाचित सांसद थापाले मतदाता भेटघाट कार्यक्रम पनि तिव्र बनाएका छन । उनले उत्तरी क्षेत्रको कोल्टी, तिलुचौर, मध्यक्षेत्रको गौमुल, आँटीचौर र दक्षिण क्षेत्रका फालासैन, रिठावजारमा मतदाता भेटघाट गरेका छन । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका थापाले चाँडै चुनावमा झै जनताको घरदैलोमा पूग्ने बताए ।